नौमूले ३ मा हावाहुरीले विद्यालयको छाना उडाउँदा लाखौँको क्षती

मातृभूमी संवाददाता । १० जेष्ठ दैलेख
हावाहुरीले विद्यालयको छाना उडाएको छ । दैलेखको नौमूले गाउँपालिका वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएको हो । सोमवार साँझ आएको हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडाएको स्थानीयले वताएका छन् ।
हावाहुरीले विद्यालयको छाना उडाउँदा पुस्तकालय, सोलारका पाता, व्याट्रि, युपिएस लगाएतका सामाग्रीमा क्षती पुगेको विद्यालयका प्राधानाध्यापक गंगाराम सापकोटाले वताए । प्राधानाध्यापक सापकोटाले झण्डै ७ लाख भन्दा वढीको क्षती भएको जानकारी दिए । शैक्षिक सत्र सुरु हुँनै लाग्दा हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठमा समस्या हुने प्राधानाध्यापक सापकोटाले वताए ।
यस्तै नौमूले गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नरवहादुर पुरीले विद्यालय व्यवस्थापनका लागी वडामा कुनै पनि रकम नभएकाले गाउँपालिकाको कार्यालयमा आवश्यक सहयोगका लागी अनुरोध गर्ने वताए । वडाध्यक्ष पुरीले भने, ‘वडामा कुनैपनि किसिमको रकम छैन । शैक्षिक सत्र सुरु हुँनै लाग्दा हावाहुरीले विद्यालयमा क्षती पुर्‍याएको छ । यसको व्यवस्थापनका लागी गाउँपालिकाका अध्यक्ष ज्युसँग कुरा गरेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ लाग्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *