पत्रकार अधिकारीमाथि भएको अभद्र व्यवहारप्रति पत्रकार महासंघ दैलेखको गम्भिर ध्यानाकर्षण

मातृभूमी संवाददाता । १९ जेठ दैलेख
पत्रकार उदयराज अधिकारीमाथि पुर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुखले गरेको अभद्र व्यवहार र धम्किप्रति नेपाल पत्रकार महासंघ दैलेखको गम्भिर ध्यानाकर्षण भएको छ । बुधबार पुर्वाधार बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले सूचनाको हक प्रयोग गरि सूचना माग गर्न गएका पत्रकार अधिकारीलाई अभद्र व्यवहार गर्नुका साथै धम्किपुर्ण भाषा प्रयोग गरेको भन्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार महासंघ दैलेख शाखाले सूचनाको हक प्रयोग गरि सूचना माग्न गएका पत्रकार अधिकारीलाई कार्यालय प्रमुख सिंहले गरेको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ दैलेखका कार्यवाहक अध्यक्ष महेन्द्र सापकोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दुई महिना अघि लिखित निवेदन दिएर सूचना माग्दा समेत बेवास्ता गरेको र बारम्बार फोन मार्फत जानकारी उपलब्ध गराईदिन अनुरोध गरेपछि मागेको विवरण लिन बोलाएर कार्यालयमै अभद्र व्यवहार गरि आम नागरिकलाई सूचना पाउने अधिकारबाट बञ्चित गर्न खोजिएको देखिन्छ ।’
यस्तै नेपालको संबिधानको दफा २७ मा सुचनाको हक अन्र्तरगत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि बिषयको सुचना माग्ने र पाउने हक हुने भनिएको छ । संबिधानको उलंघन नगर्न र आम नागरिकले सूचनाको हक प्रयोग गर्न पाउने अधिकारमाथि खेलबाड नगर्न, सेवाग्राहिसँग शिष्ट र मर्यादित व्यवहार गर्न पनि पत्रकार महासंघ दैलेखले बिज्ञप्ती मार्फत सचेत गराएको छ ।
महासंघले स्वतन्त्र, व्यवसायिक पत्रकारितामा कोहि कसैले पनि आँच पुर्‍याउने खालका काम नगर्न अनुरोध समेत गरेको छ । पत्रकार अधिकारीमाथि भएको घटनाको तत्काल सत्य, तथ्य छानबिन गरि दोषि उपर कारवाही प्रक्रियाको थालनि गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *