वातावरण संरक्षण अहिलेको मुख्य चुनौति : नगरप्रमुख शर्मा

मातृभूमी संवाददाता । २२ जेठ दैलेख
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । जिल्लाको पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम गरि दिवस मनाइएको हो । ‘पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रममा नाराययण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले वातावरण संरक्षण अहिलेको मुख्य चुनौति भएको बताए । उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु अहिलेको आवश्यक रहेको बताए ।
वृक्षारोपण कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमरी थापा, नारायण नगरपालिका ६ का वडा अध्यक्ष जनक न्यौपाने डिभिजन बन कार्यालय दैलेखका शाखा अधिकृत बेद प्रसाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *