जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी
मातृभूमी राजनितिक व्युरो । २६ जेठ दैलेख
जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका उम्मेदवार दुर्गा कुमारी श्रेष्ठलाई ४ मतले पराजित गर्दै समन्वय प्रमुखमा विजयी भएका हुन् । दैलेखका ११ स्थानीय तहका २२ मत मध्ये शाही १३ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरीन् । शाही खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार वनेका थिए ।
यसैगरी उपप्रमुखमा एमालेका केशव वहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का शान्ति शाहीलाई हराएका छन् । एमालेका शाहीले ११ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेकपा (एकीकृत समाजवादी) की शान्तिले १० मत प्राप्त गरीन् ।
यस्तै महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी) का कविता कुमारी गिरी, कोकिला कुमारी खड्का र पुणर्ा वि.क. निर्वाचित भएका छन् । सदस्यहरुमा नेपाली कांग्रेसका अंगवहादुर शाही, नेकपा (माओवादी केन्द्र) का फत्तवहादुर डाँगी र स्वतन्त्र उम्मेदवार डिलवहादुर शाही विजयी भएका छन् । यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा नेकपा (माओवादी केन्द्र) तुल्छा वि.क. विजयी भएकी छन् ।