अपर कर्णाली कुन चरीको नाम हो ? सांसद विशुन्के

मातृभूमी राजनितिक व्युरो । २७ जेठ दैलेख
कर्णालीका केहि जिल्ला वाहेक धेरै जिल्ला अहिले पनि अन्धकारमा रहेको प्रतिनिधी सभा सदस्य पार्वति कुमारी विशुन्केले वताएकी छन् । प्रतिनिधि सभाको शुक्रबारको वैठकमा वोल्दै प्रतिनिधी सभा सदस्य विशुन्केले अपर कर्णाली कुन चरीको नाम हो ? भन्दै यदि त्यो कार्यान्वयन हुदैन र जनताका लागि उपयोगी हुँदैन भने सम्झौता तत्काल खारेज गर्न माग गरिन् ।
प्रतिनिधी सभा सदस्य विशुन्केले कर्णालीको पानीलाई वहुउपयोगी कामहरुमा उपयोग गर्न सकिने वताईन् । राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नलाई कर्णालीको पानीले उपयुक्त भुमिका खेल्ने जिकिर गरीन् । यस विषयमा सदनमा सधैं कुरा उठान गरेपनि सरकार उदासिन भएको भन्दै गम्भिर हुन सरकारलाई अनुरोध समेत गरीन् ।
एक अर्को फरक प्रसंगमा वोल्दै प्रतिनिधी सभा सदस्य विशुन्केले दैलेखको दुल्लुका ४२ घरधुरीका जनता ५४ रोपनी जग्गा हुँदाहुँदै १८ वर्षदेखी सुकुम्वासी जस्तो भएर वसेको वताईन् । द्धन्द्धका समयमा दैलेखको दुल्लुमा नेपाली सेनाको क्याम्प राखिएका कारण ५४ रोपनीका जग्गाका मालिक ४२ घरधुरीका नागरिक भुमिहिन भएर वसिरहेको भन्दै कि त उचित मुआव्जा, कि त जग्गा उपलव्ध गराईदिन हुन गृहमन्त्रालयलाई अनुरोध समेत गरीन् । जनताको जिउधनको सुरक्षा गर्ने निकाय गृह मन्त्रालय भएकाले पनि यस विषयमा छिटोभन्दा छिटो निणर्य लिनुपर्ने र दुल्लुका नागरिकलाई न्याय दिनुपर्ने वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *