नारायण नगरपालिका विन्ध्यावासिनीका कृषकलाई वाख्रा वितरण
मातृभूमी संवाददाता । २८ जेठ दैलेख
दैलेखको नारायण नगरपालिका ११ विन्ध्यावासिनीका कृषकलाई वाख्रा वितरण गरिएको छ । विन्ध्यावासिनी कृषि तथा पशुपंक्षि व्यवसायक कृषक समुहलाई उन्नत जातका वोका तथा वाख्रा वितरण गरिएको हो । समुहका १२ जना कृषकहरुलाई ७५ वटा वाख्रा र एक उन्नत जातको वोका वितरण गरिएको नारायण नगरपालिका पशुपंक्षि विकास शाखाले जनाएको छ ।
नगरपालिकाको साना व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहयोगमा नारायण नगरपालिका ११ विन्ध्यावासिनीका १२ जना कृषकलाई बाख्रा र समुहका लागि एक वटा वोका समेत वितरण गरिएको नारायण नगरपालिका दैलेखका पशु स्वास्थ्य प्राविधिक चित्रवहादुर प्याकुरेलले वताए । नारायण नगरपालिका दैलेखका पशु स्वास्थ्य प्राविधिक प्याकुरेलले भने, ‘न्यून आय भएका कृषक समुहलाई आय स्तरमा वृद्धि गर्ने उद्देश्यले कृषक समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो ।’
नारायण नगरपालिका दैलेखका कार्यवाहक नगरप्रमुख जनक न्यौपानेले वाख्रा वितरण कार्यक्रम अत्यन्तै राम्रो भएको वताए । कार्यवाहक नगरप्रमुख न्यौपानेले यसलाई व्यवसायीक वनाउन वेलावेलामा अनुगमन गर्न जरुरी रहेको वताए । बाख्राको विमा, औषधी, पशु परिक्षण लगाएतका विषयमा एक दिने तालिम समेत संचालन गरिएको थियो ।