लोहोरेमा विपद् व्यवस्थापन अभ्यास

मातृभूमी संवाददाता । ३१ जेठ दैलेख
दैलेखको लोहोरेमा नदीमा विपद् व्यवस्थापन पुर्व तयारीको अभ्यास गरिएको छ । वर्षात्को समयमा हरेक वर्ष विपद्का कारण हुने जनधनको क्षति कम गर्न बर्खा सुरु हुनुअघि स्थानीयलाई सर्तक गराउन यो अभ्यास गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले लोहेरे नदिको चुप्रा वजार नजिकै गरेको विपद् व्यवस्थापन पूर्व तयारी गरिएको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गरेको विपद् व्यवस्थापन पुर्व तयारी अभ्यासमा बाढी तथा डुवानबाट हुने जोखिम न्युनिकरणका लागि अभ्यासको आयोजना गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी थापाले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटनामा वृद्धि हुने सम्भावना रहेको जानकारी प्राप्त भएकाले विपद् व्यवस्थापनका लागि पूणर्रुपमा तयारी गरिएको जानकारी दिए । पूर्व तयारी, उद्धार, पुर्नःस्थापना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको समेत उनले बताए ।
अभ्यासमा घाइतेहरुको उद्धार, बाढीमा फसेकाहरुको उद्धार तथा प्राथमिक उपचारको बारेमा जानकारी समेत गराईएको थियो । वर्खाको समयमा आईपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् ।
अभ्यास मार्फत उच्च जोखिम भएका स्थान छनोट गरी विपद्बाट प्रभावित नागरिकको तत्कालै खोज, उद्धार, राहत, पुर्नःस्थापना तथा व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरिएको सुरक्षा निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *