दैलेखकाे चामुण्डा विन्द्रासैनी नगरपालिकाले ल्यायाे टाेल फ्रि संचालनमा

मातृभूमी संवाददाता । ०२ असार दैलेख
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले निःशुल्क टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले पदभार ग्रहण गर्ने क्रममा नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने पहिलो निणर्य गरेका थिए । सोहि निणर्य अनुसार नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्रि नम्बर बुधवारबाट सञ्चालनमा आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालनमा सल्लाह, सुझाव, जिंज्ञासा, गुनासो तथा समस्या भएमा सिधै नि:शुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले अपिल समेत गरेका छन् । स्थानीय तहको विकास र समृद्धिका बिषयमा हातेमालो गर्नुका साथै जनताका समस्या र गुनासो सम्बोधनका लागि सम्पर्क गर्न नगरप्रमुख शाहीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *