ज्योतिको जन्मदिनमा खाद्यन्न सहयोग
मातृभूमी संवाददाता । ०४ असार सुर्खेत
कान्तिपुरकर्मी पत्रकार ज्योति कटुवालले आफ्नो जन्मोत्सवको अवसरमा बादी सरोकार मञ्च नेपालद्धारा सञ्चालित बादी आवास गृहका बालबालिकसँग मनाएकी छन् । जन्मदिनको अवसरमा उनले सुर्खेतको खजुरास्थित बादी आवास गृहमा वस्दै आएका बादी बालबालिकालाई १० हजार बराबरको खाद्यान्न र २ हजार १ सय रुपैयाँको अक्षयकोषका लागी सहयोग गरेकी हुन् । उक्त होस्टेलमा कणर्ाली र सुदुरपश्चिमका ९२ जना बालबालिका अध्ययनरत छन् ।
बादी समुदायका बालबालिकालाई मात्रै लक्षित गरी सञ्चालन गरिएको होस्टलमा आर्थिक अभाव भैरहदा कुनैपनि सरकारी निकायले सहयोग नगरेको सञ्चालक हिक्मत बादी बताउँछन् ।