नारायणका भैसी पालक किसानलाई तालिम

मातृभूमी संवाददाता । ०५ असार दैलेख
दैलेखको नारायण नगरपालिकाका भैंसी पालक किसानहरुलाई तालिम प्रदान गरिएको छ । भैसि पालनको महत्व, भैसीका उन्नत र स्थानीय जातहरु, भैसीमा लाग्ने रोग तथा उपचारका विषयमा किसानहरुलाई अभिमुखिकरण गरिएको नारायण नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक चित्रबहादुर प्याकुरेलले वताए ।
तालिममा नारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष रेशम वहादुर थापाले भैसी पालन किसानहरुले व्यवशायीक रुपमा भैसी पालन गर्न अनुरोध गरे । वडाध्यक्ष थापाले तालिममा सिकेको ज्ञान र सिपलाई प्रयोग गरेर सफल भैसी पालक कृषक बन्न आग्रह समेत गरे ।
किसानलाई भैसी खरिदका लागि ८५ हजार रुपैयाँका दरले अनुदान दिइने छ । साथै भैसीको विमा, औषधी, पशुपरिक्षण लगाएतका कार्यक्रमहरु रहेको पशु स्वास्थ्य प्राविधिक प्याकुरेलले जानकारी दिए । प्रधानमन्त्री अाधुनिकिकरण भैसी पकेट कार्यक्रम अन्तरगत उक्त तालिम दिइएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *