पावर परियोजनाको अर्धवार्षिक समिक्षा सम्पन्न

मातृभूमी संवाददाता । ०५ असार दैलेख
एभरेष्ट क्लव दैलेखद्धारा पावर परियोजनाको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । परियोजना सल्लाहकार समितिको वैठक तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
समिक्षा वैठकमा समग्र परियोजनाका अपेक्षित उपलब्धी, हालसम्म गरिएका मुख्य क्रियाकलाप, परियोजनाको मुख्य कार्य क्षेत्र, परियोजनाको मुख्य क्षेत्रहरु लगाएतका विषयमा जानकारी गराईएको थियो ।
समिक्षा वैठकमा लघु उद्यम तालिम प्राप्त ४० जना मध्ये २० जना युवा उद्यमीलाई व्यवसाय सुरु गर्न प्रति व्यक्ति २८ हजारका दरले सहयोग गरिएको, सन् २०२१ मा आर्थिक रुपले विपन्न ९० जना वालवालिका छनौट गरिएका मध्ये ३६ जना वालवालिकालाई नियमित गरिएको र १६ जना अपांगता भएका वालवालिका रहेको जनाईएको छ ।
यसैगरी जिविकोपार्जन, यौन तथा प्रजनन् स्वास्थ्य र सरसफाई परियोजनाका मुख्य क्षेत्रहरु रहेका छन् भने परियोजनाको कार्य क्षेत्र नारायण नगरपालिका र दुल्लु नगरपालिका रहेको छ ।
यस्तै दैलेखमा असमानता र भेदभाववाट सवैभन्दा वढि प्रभावित किशोर किशोरी तथा युवाहरुको जीवनमा सुधार ल्याउनु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *