४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मातृभूमी संवाददाता । १५ साउन काठमाण्डाै

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमण दर तीव्र

भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको जनाएकाे छ । साेही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना कोरोना भाइरसबाट संक्रमित भएको छ ।

जसमध्ये १ लाख ४३ हजार ३ सय ८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएकाे छ। पछिल्लो समय भारतमा दैनिक रुपमा नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ५ लाख २६ हजार ३ सय १२ पुगेको मन्त्रालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *