जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

मातृभुमी संवाददाता । १५ साउन काठमाण्डौ
नेकपा माओवादी केन्द्रका नेता तथा सांसद जनार्दन शर्मा पुन : अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आईतबार अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन गत जेठ १४ गते राती अर्थमन्त्रालयमा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
सोही दिन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनेको थियो । तर, समितिले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयको बजेट निर्माणमा संलग्न नरहेको भन्दै शर्मालाई निर्दोष ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *