नागपञ्चमीका अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

मातृभूमी संवाददाता । १६ साउन दैलेख
कर्णाली प्रदेश सरकारले नाग पञ्चमी पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिएको हो ।
प्रदेश मन्त्रिपरिषद्को निणर्यानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निणर्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published.