काेराेनावाट नेपालमा थप १ जनाकाे मृत्यु

मातृभूमी संवाददाता । १६ साउन दैलेख
देशशभर पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जनाको नमूना परीक्षण गरिएको थियो ।
३ हजार ६ सय ८५ जनाको पीसीआर र २ हजार २ सय २४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.