कोरोना संक्रमितको उपचारका लागि ७ प्रदेशमा ताेकियाे अस्पताल
मातृभूमी संवाददाता । १७ साउन काठमाण्डौ
कोरोना संक्रमित बिरामीको उपचारका लागि नेपाल सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना संक्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले संक्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको तोकेको हो । सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले कोरोना संक्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई बिरामीको अवस्थाका आधारमा अनुदान दिने जनाएको छ ।
बाग्मती प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेललाई तोकिएको छ ।
यस्तै प्रदेश नम्बर १ मा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ । मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई तोकिएको छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरि अस्पताल बागलुङलाई तोकिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जलाई तोकिएको छ । कणर्ाली प्रदेशमा कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिममा डडेल्धुरा अस्पताल डडेल्धुरा र सेती प्रादेशिक अस्पताल कैलालीलाई तोकिएको सरकारले जनाएको छ ।