नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

मातृभूमी संवाददाता । १७ साउन काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ स १५ जनाको परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ७ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९ जना र २ हजार ६ सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार संक्रमित भएका मध्य ४ हजार ९ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *