गाउँपालिकाद्धारा क्षति अनुसारको राहत दिइने : अध्यक्ष सुवेदी

मातृभूमी संवाददाता । २६ साउन दैलेख
नौमूले गाउँपालिका ६ सल्लेरीकी ५६ वर्षिय तुलसा सिंह केहि दिन अगाडि आफुले रोपेको खेत सम्झेर आखाँभरी आसु छोडेर भक्कानिन्छीन् । ६ हल गोरु र एक सय जना भन्दा वढि खेताला हालेर रोपेको खेत छिनभरमै पहिरोमा परिणत भएपछि पुखौंदेखि काम काज गर्दै आएको खेत सम्झेर भक्कानिन्छीन् । ‘केही दिन अगाडि ६ हल गोरु अनि एक सय जना भन्दा वढि खेताला हालेर रोपेको खेत खेताला तिर्न नपाउँदै पुरै खेत पहिरोले केहि राखेन’ आखाँभरी आसु झार्दै उनले भनिन् ‘खेत पनि रहेन मेहेनत पनि रहेन कसरी वसौं घरमा जतिवेला पनि खेतकै याद आउँछ ।’
घर छेउमै रहेको झण्डै १६ रोपनी खेत पहिरोले बगाएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको पिडित सिंहले वताइन् । ‘२०/२२ मुरी धान फल्ने खेतलाई पहिरोले खायो, हामिले के खाने हो’ उनले भनिन्, ‘अब कतैवाट राहत आयो दिए भने पारिवार पाल्ने गुजरा होला नत्र यस्तै मर्ने त होला ।’ खेत वगाएर पिडामा परेको उनको परिवार अहिले घरलाई पनि पहिरोले प्राभाव पार्ने त्रासमा छन् । ‘उता खेत त पहिरो भयो यता घरलाई पनि पहिरोले असर पार्छ कि भन्ने चिन्नताले सताउन लाग्यो’ उनले भनिन् ‘हामि दुखीलाई जताततैवाट दुखै दुख सवै दुख पिर एकै पटक आउँदो रहेछ ।’ उनि संगै रहेका ६ घरपरिवार भन्दा वढि कृषकले लगाएको खेत पुरै पहिरोले वगाएको छ । त्यस क्षेत्रमा ३५ रोपनी भन्दा वढिमा पहिरोले क्षति पुर्‍याको अनुमान छ ।
पहिरोले उनी लगाएत सिस्नेघारीमा रहेका नरबहादुर सिंह, कमला शाही, कमला सिंह, कुमबहादुर कटुवाल, दत्तबहादुर चन्द, नन्दे कटुवाल लगाएत बीस घर परिवारको खेतवारीमा प्रभाव पारेको छ । उक्त स्थानमा गएको पहिरोले गर्दा त्यस क्षेत्रका २० देखि २५ घर र ठाडाखोलामा रहेका १७ घर उच्च जोखिममा रहेको नौमूले गाउँपालिका ६ सल्लेरीका वडा अध्यक्ष लालबहादुर चन्दले वताए । अध्यक्ष चन्दले प्रभावित क्षेत्रमा रहेका वस्तीको व्यवस्थापन गर्न जरुरी रहेको वताए । पहिरोले क्षति पुर्‍याएका प्रभावित कृषक परिवारलाई राहतको लागि सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक पहल गरीने अध्यक्ष चन्दले वताए । अध्यक्ष चन्दले पहिरो पिडित कृषकहरुको क्षतिको विवरण संकलनका लागि आवश्यक पहल गरीने वताए ।
गत २४ गते राती आएको वर्षातका कारण पहिरोले क्षति पुर्‍याएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रहरी, पत्रकार लगाएतको टोली प्रभावित क्षेत्रमा पुगी अनुगमन गरेको थियो । पहिरोले दर्जनौ कृषकको वालीमा पुर्‍याएको क्षतिवारे नौमूले गाउँपालिका अध्यक्ष छवि सुृवेदीले दुखः व्यक्त गरेका छन् । अध्यक्ष सुवेदीले कृषहरुले रोपेको धानको उत्पादनको आधारमा क्षति विवरण संकलन गरी पिडितहरुलाई गाउँपालिकाले राहतको व्यवस्थापन गर्ने वताए । ‘पहिरोको जोखिममा रहेका घरहरुलाई त्यहाँको अवस्था हेरी आवश्यक पक्रिया गरिने वताए । ‘तत्काल क्षति विवरण संकलन गरी कामको प्रक्रिया अगाडि वढाउँछौ’ अध्यक्ष सुवेदीले भने, ‘साथै त्यस क्षेत्रमा गएको पहिरो रोकथामको विषयमा पनि आवश्यक छलफल गरी के गर्न सकिन्छ त्यसको समाधानको लागि काम थाल्छौ ।’ गाउँपालिकावाट नियमले दिन मिल्ने आवश्यकता अनुसार राहतको लागि पिडितहरुलाई सहयोगका लागि छलफल गरी काम अगाडि वढाइने अध्यक्ष सुवेदीले वताए । वर्षातको समयमा प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुन सक्ने भएकाले नौमूलेवासीमा उच्च सतर्कताकासाथ कामकाज हिडडुलका साथै बस्न अनुरोध गरेका छन् ।
नौमूले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले जोखिममा रहेका वस्तीका लागि गाउँपालिकाले अनुगमन गरी आवश्यक काम काज गर्ने वताए । साथै उनले सरोकारवाला निकायहरुले यस क्षेत्रका पिडित कृषको राहतको लागि आवश्यक सहयोग गरिदिनु अपिल समेत गरेका छन् । पहिरोका कारण सोही स्थानमा रहेको २० लाख लागतको निर्माणाधिन गुरुङखोला सिलाडि तल्लो नाउ पानी मिलमा पनि पूणर्रुपमा क्षति पुर्‍याएको छ । भवन सम्पन्न भएको र मिलका सामान जोड्न वाकी रहेका वेला पहिरोले क्षति पुर्‍याएको समितिका अध्यक्ष खड्क वहादुर रानाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *