दैलेखमा एक महिना चल्ने वर्खेमेला सकियाे

मातृभूमी संवाददाता । ०४ भदौ दैलेख
दैलेख जिल्लामा एक महिनासम्म सञ्चालन हुने वर्षे मेला (लाखे जात्रा) सकिएको छ । विशेषगरी भगवान् कृष्णको जन्मलीलासँग सम्बन्धित यो मेला अवधिभर मौलिक कला संस्कृति प्रदर्शन गरिन्छ । गाँठे मंगलका दिनदेखी सुरु भएको मेला श्रीकृष्ण जन्माष्टमीमा भगवान कृष्णको जन्मसँगै लाखेको बध गरी सकिएको हो । मेला अवलोकन गर्न जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्शकको भीड लागेको थियो । लाखे जात्रा अन्तरगत गाई जात्रा, बाघ जात्रा, टाकटुके जात्रा, जोगी जात्रा, राउटे जात्रा, रोपाई जात्रा लगाएतका जात्राहरु प्रदर्शन गरिएको थियो ।

यो मेलाले धार्मिक, साँस्कृतिक, तथा सामाजिक सद्भाव कायम गरेको सामाजिक अगुवाहरू बताउँछन् । यो मेलालाई खेतबारीमा व्यस्त भएका किसानले मनोरञ्जन लिने अवसरको रूपमा पनि लिइन्छ । दैलेख सदरमुकाममा न्यु ज्वाला क्लब, भगवती युवा क्लब, एभरेष्ट क्लब, सुनगाभा युवा क्लब र अभिषेश स्मृति क्लव लगाएतका क्लबहरूले यो वर्ष मेला सञ्चालन गर्ने गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *