प्रदिप दाईको अमिलो अन्त्येष्टी
भुपेन्द्र शाही, दैलेख
विगत तीन चार दिनदेखि सामाजिक संञ्जालमा नेपाली काँग्रेसका वौद्विक, समाजवादी चिन्तक, माक्र्सवादी सिद्वान्तका व्याख्याता, शालिन सरल र निडर व्यक्तित्व श्रदय नेता प्रदिप गिरीका बारेमा स्वास्थ्य लाभको कामना गर्दै प्राथाना गरिरहेको देखियो । नेपालमा वौद्विक वर्गका मानिसले मन पराउने मध्येका एक स्पिकर, काँग्रेस भन्दा बढी नेपालका कम्युनिस्टहरुलाई माक्र्सवाद, लेलिनवाद, साम्यवाद र समाजवाद पढाउने एक अद्भुत ब्याख्याता, निमोनियाले ग्रस्त शरीर स्वर यन्त्रमा आएको समस्या गत २०७८ साल साउन १५ गते संसदमा सम्वोधन गरिरहदा पनि महशुस गर्न सकिन्छ ।
प्रदिप दाईको त्यो सम्वोधन नै संसदमा अन्तिम रह्यो । सामाजिक सञ्जालमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नेहरु भन्दा श्रद्धाञ्जली दिनेहरुको संख्या धेरै थियो । दाई भेन्टिलटरमा मृत्युुसंग संघर्ष गर्दै हुनुहुन्थ्यो उहाँका प्रियहरु श्रद्धाञ्जली दिन हतार गरिरहे । कस्तो विडम्वना, किन हतारिनु पटक-पटक संसदमा सहभागी नेता पार्टीको महाधिवेशनमा कुनै प्रचार नगरि कुनै टिम नभनि आरामले केन्द्रीय सदस्य जिति रहनु हुन्थ्यो । कसैले ब्यानर पोष्टर बनाईदिए किन बनाको फजुल खर्च भन्नू हुन्थ्यो ।
मैले उहाँका सम्वोधनहरु गुगल र यूटवमा निकै सुन्ने गरेको छु । उहाँ यो मुलुक भुगोलले सानो होला तर छोटो समयमा चमत्कारिक परिर्वतन गर्न सफल, संसारका सवै वादहरु परिक्षण गर्न कस्सिएको देश, अन्तरराष्ट्रिय वादहरुका तमाम ब्याख्याता भएको देश, ब्यापारिहरुले शासन गर्ने देश, डनहरुले मन्त्रालाउने देश, नेताहरुको लिगेसिले चलेको देश, तर शिक्षित नागरिक शासित भएको देश, विदेशिको ईशरा चलेको देश, यस्तै यस्तै आक्रोशहरु भेटिन्छन् । अनि जीवनसंग थाकेर नेपाली समाजसंग अवाक भएर आउदा पुस्ताको चिन्ता गरेको भेटिन्छ ।
जीवनको अन्तिम सत्य मृत्युु हो भनेर राम्रोसंग बुझेका बुझक्कि नेताको प्राणदिप निभि रहेका वेला जत्ति सामाजिक सञ्जालमा रंगियको पाए त्यति भौतिक रुपमा उपस्थिति देखिएन । म आजभोलि काठमाडौंतिरै भएकाले प्रदिप दाईको प्राण दिप उड्नै लाग्दा, चासो रहिरह्यो । ललितपुरमा रहेको मेडिसिटि अस्पतालमा अन्तिम क्षणमा उहाँका भक्तहरुले भगवानसंग प्रथाना गरिरहे । सञ्जालमा चिनेजानेका लोकतन्त्रवादीहरु, वामपन्थिहरु सबैले प्रदिप दाईको गुणगान गाईनै रहे । पार्टी कार्यालय सानेपामा गिरीको पार्थिव शरीर दिनभर राखियो । उच्च पदस्त सबै पुगे तर मैले सोचेको थिए । सानेपामा खचाखच भिड होला, श्रदान्जलि चढाउनेहरुको, अनि शव यात्रा यस्तो चर्चित सबैको मनको प्यारो नेताको विशाल होला । नेविसंघ, तरुणदल, प्रध्यापक, वामपन्थि विद्यार्थि सबैको सहभागिता होला । काठमाण्डौका सडकहरु जाम होलान् । प्रजातन्त्रवादी मात्र होईनन् । उहाँका लाखौं वामपन्थि कार्यकर्ता पनि थिए । उनीहरुको लाम लाग्ला । मलामिहरुको विशाल उपस्थितिले काठमाण्डौ नै जाम होला । यस्तै लागि रहेको थियो । सानेपामै पुगि श्रदाका दुई थुङगा फुल चढाउने मन थियो । हाम्रो दैलेखको अलि चल्तापुर्जा एक जना मेरो प्रिय भाई छ । हुनत उ आफैमा एउटा शसशक्त नेता हो । दलित अभियन्ताका रुपमा हाल काम गरि रहेको छ । खगेन्द्र सुनार । उ उतै सानेपा मै शव यात्राको चाँजो पाजो मिलाउदै थियो । भिडमा अगाडि लाग्न सक्ने उसको क्षमता अदभुत छ । सुशील दा को देहान्त हुँदा राति हामी दैलेखमा संगै थियौं । खगेन्द्र जुरुक्क उठ्यो दाई मत लागे शुशिलदाको शवयात्रामा सहभागि हुन भनेर हिडयो । हामी ठट्टा गरेको होला भन्ठान्यौ । नभन्दै उ भोलि सुशील दा को शव यात्रामा शवै भन्दा अघि लागेर भिड हटाउदै वाटो वनाउदै थियो । मैले शुशिल दा को शवयात्राको प्रसंग किन जोडेको भन्दा, आज पनि खगेन्द्र उसै गरि सानेपा खटेको थियो । मलाई भन्यो दाई २ बजे सम्म राख्ने पार्टी कार्यालयमा यसपछि पशुपति आर्यघाट लिने हजुर टाढा हुनुहुन्छ । वनस्थलिवाट आर्यघाट नै आउनुहोस् दाई भन्यो । म पनि आर्यघाट पुगे । अलि छिट्टै पुगे । संचारग्राममा दैलेखमा एक महिना अघि संचालनमा आएको रेडियो मातृभूमी एफ.एम.को कामले नजिकै रहेकाले पत्रकार महासंघका अध्यक्ष विपूल दाईको याद आयो । अरुसंगै बुझे, दाई आफ्नै कार्य कक्षमा हुनुहुन्छ भन्ने खबर पाए । सोझै दाईको कार्य कक्षमा गएँ । विपुल दाईलाई सरप्राईज भो । दैलेखको भाईलाई एक्कासी कार्यकक्षमा देख्दा । एकछिन भलाकुसारि भयो । कतावाट आयौ भुपेन्द्र सोझै मेरोमा आयौ खुशि लाग्यो भन्नू भयो । मैले भने दाई प्रदिप दाईको मलामि आएको अलि ढिलो ल्याउने भए । त्यसैले हजुरलाई सम्झे । यतै आयँ । दाई पनि गम्भीर मुद्रामै हुनुहुन्थ्यो । ए… भुपेन्द्र ग्रिन टि खान्छौ, भन्दै ग्रिन टि वनाउन भन्नू भो ग्रिन टि खादै एक घण्टा जति दाईसंगै वस्दा प्रदिप दाईकै वारेमा चिन्तन भो । यसै विचमा महासंघ कि सचिव सृजना अर्याल । कोषाध्यक्ष कलेन्द्र सैजुवाल । एक कार्यक्रमका संचालक राम सर सबैसँग भलाकुसारि भयो ।
सृजना जि म पनि जाने हो आर्यघाट प्रदिप दाईको शव अन्त्यृष्टीमा भन्दै करिव चार वज्दै थियो । निस्किन खोज्दै थियो । विपुल दाईले त हामीसंग गफ गर्दागर्दै प्रदिप दाईकोवारे एक आर्टिकल तयार पारि सक्नु भए छ । ए पखपख सुनेर जाउ भन्नू भो र सुनाउनु पनि भो । निकै सारगर्भिक गम्भीर थियो । सुन्यौ र हतार-हतार आर्यघाटतीर लाग्यौँ । ठयाक्कै तिलगंगा अगाडि रिङरोडमा पुगेका थियौँ । शवयात्रा पनि आईपुग्यो । भिडियो खिच्न थाल्यौँ । सृजना जि र म मेरो यहि वेला मन नमिठो गरि रोयो । मैले सोचेको दृश्य नै थियन । प्रदिप दाईलाई एउटा जिपमा राखिएको थियो । सो जिपमा फ्लेक्स प्रिन्ट फोटो झुण्ड्याईएको । ३०/३५ वटा मोटरवाईक, ४/५ वटा मोटरहरु र अगाडि साईरन बजाउदै एउटा पुलिस भ्यान । कठै न मलामि । मैले भने, म्याम शव यात्रामा त मान्छे नै छैनन् त ? सृजना म्यामले पनि तेहि त हेर्नुन विशाल होला । गिरिजा बाबुको जस्तो नभए पनि उस्तै होला भन्ने मलाई पनि लागेको थियो । तर कोरोना काल भएर पनि होला भन्दै चित्त बुझाउनु भो ।
आर्यघाटमा पुग्यो, व्रह्मनाल पारिपट्टी गयौँ । टाढा भिडमा उभिन मनले मानेन । उँही जाउँ, शव आउँदै छ, भन्दै प्रदिप दाईको पार्थिव शरीर खरानी वनाउन ठिक्क पारिएको चिता नजिक पुग्यौँ । भिड वाख्लो थियो सृजना जि पनि फोटो भिडियो खिच्न व्यस्त हुनुभयो । म पनि शव नआउँदै तयार चिता, सलामि दिन तयारि पुलिस जत्था उपस्थित मलामिको भिडको भिडियो वनाउँदै थिए । यतिकैमा प्रदिप दाईको प्राण उडेको शरीर ७/८ जना यूवाहरुले वोकेर व्रह्रमनाल नजिकको ढुङगे सिढि ओराल्दै थिए । म पनि दाईलाई वोक्न लागे । फुलमालाले निकै गरुङगो थियो दाईको दिप निभेको शरीर । करिव १२/१५ मिटर भिड फट्याउदै, व्रह्रमनाल सम्मै वोके, संगै वोकि रहेका नेविसंघका नेता दैलेखकै भाई लोकेश आचार्य भेटिए । उनी पनि निकै भावुक थिए । दाई यता भनेर मलाई वोक्ने ठाउँ वानईदिए । म धन्य भए एक सरल, निष्ठावान, समाजवादी चिन्तक, महान नेताको पार्थिव शरीर छुन पाउँदा ।
हिजो देखि नै दैलेख मेरो गाउँका शंकर थापा भाई पनि दाई प्रदिप दाईको मलामि म पनि जाने हो भन्दै थिए । तर सरकारी फौजि, फुर्सदै पाएनन् । पछुतो मान्दै थिए । सायद यस्तै पछुतो आ-आफ्नो स्थानमा लाखौँले माने होलान् र दाईको शव यात्राम मलामि थोरै भए । मैले आर्यघाटमा सहभागी भएका नेताहरु पार्टीको उपसभापति पुणर्बहादुर खड्का, महामन्त्री विश्व दाई, रामशरण महत, कुन्दन काफ्ले लगायतका नेताहरु भावुक भएको देखे । एकै छिनमा पारि पट्टि शलामिको धुन बज्यो । चितामा चढाईयो । प्रदिप दाईको शरीर आगोले खरानी वनाउँदै गयो । मनले सोच्यो दाई शरीर खरानी भएपनि हजुरले यो समाजमा छरेको उज्यालो दिप सदा रहि रहने छ । दाई, अलविदा… भन्दै विदा भए । सम्झे गिरिजा वावुलाई जलाएको । सम्झे राजपरिवर जलाएको । सम्झे आफन्तहरुलाई यहि व्रह्रमनालमा सुताउँदै उठाउँदै चितामा खरानी वनाएको । मनमनै भने आफैलाई मलामि कमाउन के गर्नु पर्ने रैछ ? आँखिर जिवन खरानी हुनु नै छ । प्रदिप दाईको शब्द, मृत्युु अन्तिम सत्य हो । यो सबैले बुझ्न जरुरी छ । जय नेपाल….
(लेखक शाही नेपाली कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधी हुन् ।)