दैलेखको गोठपाँडा कृषक सहकारीले निःशुल्क प्राविधिक शिक्षा पढाउँदै

मातृभूमी संवाददाता । ०८ भाद्र दैलेख
दैलेखको गोठपाँडा कृषक सहकारी संस्थाले विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । नारायण नगरपालिकामा संचालित सहकारीले नगरपालिका भित्रका विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो ।
गोठपाँडा कृषक सहकारी संस्था र एभरेस्ट क्लब दैलेख अन्तरगत पावर परियोजनाको समन्वयमा बाल अनुदान कोषको मङ्गलबारको बैठकले नगरपालिकाका ११ वटै वडाका विपन्न र अति अशक्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निणर्य भएको हो ।
आर्थिक अभावका कारण पढाईमा पछि परेका दुई जनालाई छनोट गरेर यस वर्ष परियोजना र सहकारीको आर्थिक सहयोगमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउने निणर्य भएको सहकारीका व्यवस्थापक दिनेश थापाले बताए ।
निःशुल्क शिक्षा लिन चाहने नगरपालिका भित्रका अति विपन्न, असाह्य, अशक्त र जेहेन्दार विद्यार्थीहरुले यही भदौ १० गतेसम्म गोठापाँडा कृषक सहकारी संस्थाको कार्यालयमा सम्पर्क गर्न व्यवस्थापक थापाले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *