मतदाता नामावली अद्यावधिक र दाबी विरोध सुरु हुँदै

मातृभूमी संवाददाता । ०९ भाद्र दैलेख
जिल्ला निर्वाचन कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रक्रिया सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउँचाका अनुसार निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया १२ गते बाट सुरु हुने वताईन् ।
उनले नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू समेटिएको वताएकी छन् । नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको निर्वाचन अधिकारी काउचाले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *