महाधिवेशन प्रतिनिधि थापाले खुवाइन् दर


पछिल्लो समय गहना, मंहगा साडी सहित होटल, प्यार्टी प्यालेसहरुमा तामजामका साथ तिजको दर खाने कार्यक्रम मनाईरहदा नेपाली काँग्रेस दैलेखकी महाधिवेशन प्रतिनिधि तथा समाजसेवी बासना थापाले दैलेख सदरमुकामस्थित नमुना बस्तीका दिदीबहिनीहरुसंग दर खाएर तिज मनाएकी छन् ।
नेपाली चेलीहरुको महान पर्वका रुपमा मनाइदै आइरहको तिज पर्वलाई पछिल्लो समय भड्किलो रुपमा मनाइदै आएको भएपनि आफुले भड्किलो नभई हरेक समाजमा सुहाउदो गर्नुपर्ने भन्दै नमुना वस्तीका महिला दिदीबहीनीहरसंग दर खाएर तिज मनाएको थापाले वताइन् ।
होटल पार्क ईनमा नमुना बस्तीका १ सयभन्दा बढी महिलाहरुसंग संगै वसी दर खाएर तिजको शुभकामना आदान प्रदान साटेकी वासनाले बादी महिलाको माईती बन्दै दर खुवाइन् । जिल्लामा हुनेखानेले मात्र दर खाइरहँदा र खुवाईरहँदा गरीवको साथमा देखीने एक मात्र महिला नेतृ थापा थिइन् । दर कार्यक्रम गरेर बासना दिदिले समुदायलाई नै खुसी दिएको वादी समुदायकी महिला अगुवा पवा बादीले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *