राहत सामग्री सहित प्रभावितहरुको घर-घरमा अध्यक्ष सुवेदी
याम वहादुर खत्री । १२ भाद्र दैलेख
नौमुले गाउँपालिका दैलेखका अध्यक्ष छवि सुवेदी राहत सामग्री लिएर वाढि पहिरो पिडितको घर-घरमा पुगेका छन् । भदौ ११ गते राती आएको भीषण वर्षाले सर्वसाधारणको खेतीबालीमा ठुलो क्षति गरे पछि अध्यक्ष सुवेदी आफै राहत बोकेर बाढी पहिरो प्रभावितहरुको घर-घरमा पुगेका हुन् ।
‘जनताको घर-घरमा सरकार’ भन्ने कार्यक्रम अनुसार नौमुले गाउँपालिका वडा नं. ५ को वारि बजार र रापट टोलमा बाढी पहिरोले सर्वसाधारणको घर र खेतीबालीमा क्षति गरेपछि राहत सामाग्री सहित अध्यक्ष सुवेदी जनताको घरमा पुगेको जनाईएको छ । उक्त राहत सामाग्रीको व्यवस्था वडा नं. ५ को कार्यालयले गरेको थियो ।