रुलिङ गर्न प्रतिनिधी सभा सदस्य विशुन्केकाे सभामुखसँग माग

मातृभूमी राजनितिक व्युराे । १३ भाद्र काठमाण्डाै
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई समावेशी र समानुपातिक बनाउन संविधानको पुणर् पालना गर्न प्रतिनिधी सभा सदस्य पार्वती विशुन्केले माग गरेकी छन् ।
प्रतिनिधी सभाको आज वसेको वैठकको शुन्य समयमा वोल्दै विशुन्केले संविधानको धारा ३८ को उपधारा ४ को कार्यान्व्यन हुने गरि राष्ट्रिय निर्वाचन आयोगलाई महिलाको उचित र संविधान सम्मत प्रतिनिधित्व गराउन माग गरेकी हुन् ।
उनले भनिन्, ‘महिलाका लागि निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गरी निर्वाचन आयोगले तयार पारेको निर्वाचन मस्यौदा कानुनमा समावेश गर्न लगाई त्यसलाई सदनमा फाष्ट ट्रयाकबाट पास गरी महिलाको उचित प्रतिनिधित्व कायम गरौं । जसले गर्दा संविधानको असल कार्यान्वयनको अभ्यास गरेको प्रमाणीत हुन्छ । यस कार्यका लागि सभामुखले सम्वन्धित निकायलाई रुलिङ्ग गर्न म अनुरोध गर्दछु ।’
विगतमा भएको स्थानीय तह निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्ष तथा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक भन्ने प्रथा चलिआएको भन्दै सांसद विशुन्केले असन्तुष्टि व्यक्त गरीन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *