नेपाली काँग्रेस क्षेत्र नं. २ दैलेखमा प्रदेशमा उम्मेदवार बन्नेको संख्या धेरै
मातृभूमी राजनितिक व्युराे । १६ भाद्र दैलेख
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ दैलेखले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ दैलेखले प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको प्रदेश ‘ख’ कार्य समितिका सभापति खगेन्द्र बहादुर शाहीले वताए ।
कृष्ण प्रसाद जैसी, भुपेन्द्र बहादुर शाही, पृथ्वी बहादुर शाही, लिलाराम उपाध्याय, शेरबहादुर शाही, इश्वर विष्ट, गणेश बहादुर शाही, सर्पराज शाही, नारायण रेग्मी, वासुदेव शर्माको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रदेश तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस गरिएको छ । सभापति शाहीका अनुसार इन्द्रा कुमारी शाही, दिपा बोहोरा माझी, निशा थापा महिलातर्फबाट सिफारिस भएका छन् ।
खस आर्यतर्फ खड्क बहादुर शाही, चन्द्र बहादुर शाही, प्रेमप्रकाश शाही, भगवती उपाध्याय सिफारिस हुँदा अपांगतर्फ चक्रबहादुर शाही सिफारिस भएका हुन् ।
संघमा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ । शिवराज जोशी, दिक्पाल कुमार शाही, मधुविक्रम खनाल, रंगबहादुर शाही, योगेन्द्र पन्त छन् भने समानुपातिकमा महिलाबाट सिता कुमारी राना र अपांगबाट नरबहादुर खड्काको नाम सिफारिस गरिएको हो ।