काँग्रेस दैलेख क्षेत्र नं. १ मा प्रत्यक्षभन्दा समानुपातिकमा उम्मेदवार बन्ने धेरै
मातृभूमी राजनितिक व्युरो । १७ भाद्र दैलेख
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ दैलेखले प्रत्यक्षतर्फ मणिराम रेग्मी, गणेश उपाध्याय, रविन्द्रराज श्रेष्ठ, खगेन्द्र सुनार र मिना थापाको नाम सिफारिस गरिएको छ । यसैगरी समानुपातिकतर्फ इन्दिरा थापा, कुल वहादुर विक र गणेश वहादुर खड्काको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार दैलेन निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र ‘क’ को प्रत्यक्षतर्फ कृष्णकुमार विसी, डा. खगेन्द्र शाही, नरसिंह मल्ल, पुणर्प्रसाद खत्री चालिसे, वमवहादुर विसी लगाएतको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी प्रदेश ‘ख’ प्रत्यक्षतर्फ भुपेन्द्र शाही, भदे वुढा मगर, वासना थापा, यामवहादुर मल्ल, टेकवहादुर कटुवाल, झलक भण्डारी, प्रकाश पौडेल, देवेन्द्र थापा, मनोज थापा र खेमराज केसीको नाम सिफारिस गरिएको काँग्रेस स्रोतले जनाएको छ । समानुपातिकतर्फ दलित, महिला, खसआर्य, जनजाति गरेर झण्डै दुई दर्जन नेताको नाम सिफारिस गरिएको जनाईएको छ ।