एमालेले गर्यो दैलेख क्षेत्र नं. १ वाट तीन र २ वाट पाँच जनाको नाम सफारिस
मातृभूमी राजनितिक व्युराे । १९ भाद्र दैलेख
आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दैलेखमा दलहरुले उम्मेदवारको नाम सिफारीस गरिरहेका छन् । प्रत्यक्षतर्फ दैलेखको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।
शनिबार बसेको एमाले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ दैलेख निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्न रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापाको नाम सिफारिस गरेको हो ।
शर्मा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य हुन् । शर्मा यसअघि २०७४ मा भएको निर्वाचनमा यहि क्षेत्रवाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए । रेग्मी एमाले केन्द्रीय सदस्य हुन् । उनी २०७४ को आम निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट कणर्ाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । थापा एमाले दैलेख जिल्ला कमिटि सदस्य हुन् । थापाले लामो समय नारायण क्याम्पस दैलेखको स्ववियु सभापति वनेकी थिईन् ।
यसैगरी नेकपा एमाले दैलेखले क्षेत्र नं. २ बाट प्रतिनिधी सभाका लागि पाँच जनाको सिफारिस गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी एमाले क्षेत्र नं. २ दैलेखले बिष्णु रिजाल, राजवहादुर वुढा, राजवहादुर शाही, विनोद कुमार शाह र लक्ष्मी पोखरेलको नाम सिफारीस गरिएको हो ।
प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सिफारिस भएका रिजाल नेकपा एमालेका प्रचार-प्रसार विभाग उपप्रमुख हुन् । उनी क्षेत्र नं. २ दैलेखका युवा नेता समेत हुन् । बुढा वहालवाला प्रतिनिधी सभा सदस्य हुने । उनी २०६४ सालको पहिलो संविधान सभा सदस्य समेत हुन् ।
यसैगरी शाही वहालवाला कर्णाली प्रदेशका सभामुख हुन् । उनी भद्र, शालिन र सरल स्वभाव भएका नेताका रुपमा चिनिन्छन् । शाह नेकपा एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष हुन् । शाह यसअघि सहायक जलस्रोत राज्य मन्त्री भैसकेका छन् । र पोखरेल नेकपा एमाले दैलेख जिल्ला इन्चार्ज हुन् । उनी यसअघि २०७० सालको दोस्रो संविधान सभा सदस्य समेत हुन् ।