सरकारी सम्पतिमा निर्वाचन कार्यालय प्रमुखको रजाँई

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख
दैलेखमा सरकारी गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भेटिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखले पटक-पटक सरकारी गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भेटिएको हो । निर्वाचन कार्यालयले सेतो नम्वर प्लेटको गाडी दिनहुँ व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै सरकारी सम्पत्तिको दुरुपयोग गरेको स्थानीयको भनाई छ ।
जिल्ला. निर्वाचन कार्यलय दैलेखको बा २ झ २८३४ नम्मर प्लेटको गाडी दिनहुँ आफन्तका वालवालिकालाई स्कूलसमम पुर्‍याउने ल्याउने काममा प्रयोग हुँदै आएको स्थानीय वताउँछन् । जिल्ला निर्वाचन कार्यालय दैलेखकी कार्यालय प्रमुख मनमाया काउचाले दिनहुँ आफ्ना वालवच्चलाई स्कुल ल्याउने पुर्‍याउने गर्दै आएको उनीहरुको भनाई छ ।
यति मात्रै होइन शनिवार वा विदाको दिनमा पनि उनी मन्दिर जानु परेपनि सरकारी गाडीकै प्रयोग गर्ने गरेको स्थानीय कृष्ण थापाले वताए । आफु स्थानीय भएको दम्भ राख्दै प्रमुख काउचाले सरकारी विदामा समेत सरकारी गाडी प्रयोग गर्दै आएको स्थानीय थापाले वताए । तर यस विषयमा आफुले वाहिर आए जस्तो नभई कार्यालयकै काममा प्रयोग गरेको कार्यालय प्रमुख काउचाले वताईन् ।
यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्दे दिनहुँ व्यक्तिगत प्रयोजन भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गरेका छन् । विदाको समयमा पनि आफुले गाडी प्रयोग गर्न पाउने अधिकार भएको वताउने कार्यालय प्रमुख काउचाले प्राय व्यक्तिगत प्रयोजनमा सरकारी गाडी प्रयोग गर्दै आएको भेटिन्छ ।
यस विषयमा सामाजिक संजालमा समेत विभिन्न टिका टिप्पणी भएका छन् । उक्त सरकारी गाडिको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले आलोचना गर्दै अएका छन् । सरकारी सम्पतिको दोहन गर्ने छुट कसैलाई नभएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले वताए । अध्यक्ष थापाले भने, ‘यो कुरालाई स्थानीय प्रशासनले ध्यान दिन जरुरी छ ।’
यस विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला निवार्चन कार्यालयलाई जवाफका लागि पत्र पठाएको प्रशासकीय अधिकृत भुपेन्द्र थापाले वताए । निर्वाचन आयोगलाई वोधार्थ सहित पत्र पाठाएको र चित्त वुझ्दाे जवाफ नआए कानुन अनुसार प्रक्रिया अगाडि वढाईने प्रशासकीय अधिकृत थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *