सहकारी निति ल्याउन स्थानीय सरकारले जोड दिनुपर्छ : सांसद शर्मा

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख
सहकारीसँग सम्वन्धित निती तथा कार्यक्रम वनाउन स्थानीय सरकारले आवश्यक जोड दिन जरुरी रहेको प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले वताएका छन् । गोठपाँडा कृषक सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य शर्माले स्थानीय सरकाले कृषि क्षेत्रमा विशेष जोड दिई कृषक सहकारी निति तथा कार्यक्रम ल्याउन जरुरी रहेको वताएका हुन् ।
कृषि क्षेत्रमा पुरानो शैलिले नहुने भन्दै नयाँ आधुनिक कृषि प्राणालीवाट आय आर्जनका काम गर्न आवश्यक रहेको धारणा राखे । दैलेखमा कृषि क्षेत्रमा लगानि गर्न विभिन्न निकायसँग समन्वय गरी आवश्क काम गर्न यस सहकारीले महत्वपूणर् भूमीका खेल्ने वताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले सहकारीले सवैलाई गोलबद्ध गरी पारिवारिक सद्भावको अपनत्वको आभाष हुने भएकाले सवै सहभागि हुन आवश्यक रहेको वताए । समन्वय प्रमुख शाहीले सहकारीको हित हुने गरी निति कार्यक्रम वनाउन जिल्लाका ११ वटै पालिकाहरुलाई अनुरोध गर्दै निर्देशन समेत दिने वताएका छन् ।
सहकारीले आर्थिक समृद्धिमा धेरै टेवा पुर्‍याउने भएकाले यसमा आवद्ध हुन आवश्यकता रहेको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले वताए । सहकारी संघ संस्थाहरु संघ प्रदेश तथा स्थानीय सरकारको नजरमा नपरेकाले यसका लागि सरकारले कुनै निति वनाई प्रोत्साहन गर्न जरुरी रहेको अध्यक्ष थापाले वताए । साधारण सभाको सफलताको सुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले समाजमा केहि न केही गरिरहेका व्यक्तिलाई थप हौसाला प्रदान गर्न समाचारका माध्यमवाट पत्रकारहरुले अझै विशेष जोड दिन आयश्यक रहेको वताए ।
यस्तै नारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जनक न्यौपानेले सहकारी संस्था देशको आधारशिला भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको वताए । वडाध्यक्ष न्यौपानेले सहकारीले आय आर्जनका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीले यस सहकारीले जिल्लामा राम्रा काम गर्दै आएकाले अझ यसले जिल्ला वाहिर पनि आफ्ना कार्य क्षेत्र विस्तार गरी गतिविधी वढाउन सके सहकारीको औचित्य बढ्ने वताए । साथै उनले कृषि कार्यालयले सहकारीलाई आवश्यक सहयोग गर्न आफु तयार रहेको वताए ।
नारायण नगरपालिका भित्र रहेका सहकारीहरुको अवस्थाका वारेमा नगरले चासो दिएको वताउँदै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले कसरी नगरपालिकाका कार्यक्रममा समेट्न सकिन्छ भन्ने वारेमा छलफल भएको वताए । गोठपाँडा सहकारीले जिल्लामा गरेका कामको प्रशंसा गर्दै नगरप्रमुख शर्माले नारायण नगरपालिका दैलेख सहकारीसँग आवश्यक परे साझेदारीका काम गर्न तयार हरेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *