चामुण्डा मावि दैलेखमा अनियमितता, अख्तियारमा ११ जना विरुद्ध मुद्धा

याम वहादुर खत्री । २७ भाद्र दैलेख
दैलेखको चामुण्डा माध्यामिक विद्यालयका ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकममा अनियमितता गरेको आरोपमा संलग्न ११ जना विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ मा रहेको चामुण्डा माध्यामिक विद्यालय आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभ्लपमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो । तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन कायममुकायम निर्देशक भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालक गरी ११ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
उजुरी उपर अनुसन्धान हुँदा उक्त परिषद्, कणर्ाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतले विना सूचना र प्रतिष्पर्धा आवश्यक पूर्वाधार समेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम संचालन गर्न दिएको खुलेको छ । छोटो अवधिको सीप मूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *