विद्यालयको चरम लापरवाही, परिक्षार्थीका मोवाईल प्रहरीको नियन्त्रणमा
याम वहादुर खत्री । ३० भाद्र दैलेख
दैलेखको सरस्वती माध्यामिक विद्यालय तर्ताङले परिक्षा चलिरहँदा प्रहरी गुहारी विद्यार्थीको मोवाइल नियन्त्रणमा लिएको विद्यार्थीले गुनासो गरेका छन् । परिक्षा हलमा प्रवेश गर्नुपुर्व मुल गेटमै चेकजाँज गर्नुपर्ने भएपनि परिक्षा हलमा प्रवेश गरी परिक्षा दिईरहेका परिक्षार्थीहरुलाई उठाई मोवाईल नियन्त्रणमा लिई नदिएको विद्यार्थीहरुले गुनासो गरेका हुन् । विद्यालय प्रशासनले परिक्षार्थीहरुको मनोवल गिराउने हर्कत गरेको स्थानीय वुद्धिजीवी वताउँछन् ।
विद्यालयमा परिक्षा संचालन हुँदा परिक्षा हलका निरिक्षकले परिक्षार्थीलाई चेक जाँच गर्ने अधिकार हुदाँहुदै विद्यालय प्रशासनको लापरवाहीका कारण परिक्षा दिईरहेको अवस्थामा परिक्षार्थीलार्ई चेकजाँज गर्दै मोवाइल नियन्त्रमा लिई प्रहरीको जिम्मा लगाईएको हो । वुधवार शिभिल ओभरसियरको परिक्षा दिईरहेका परिक्षार्थीहरुको मोवाइल जफत गरी विद्याालयले जिल्ला प्रहरी कार्यालय दैलेखको जिम्मा लगाएको जनाईएको छ ।
परिक्षार्थीले वुधवारको परिक्षा सकेर मोवाइल माग्न जाँदा जिल्ला प्रहरी कार्यालय दैलेखले विद्यालयवाट चिठ्ठि ल्याएपछि मात्रै मोवाइल दिने भन्दै फिर्ता पठाएको नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले वताए । उनले भने, ‘हामी परिक्षा सकेर जिल्ला प्रहरी कार्यालय दैलेखमा मोवाईल लिन गयौँ । तर डिएसपीसावले विद्यालयको पत्र नल्याएसम्म वा विद्यालयले पत्र नपठाएसम्म कुनैपनि हालतमा मोवाईलन दिन्न भन्नुभयो ।’
उता सरस्वती माध्यामिक विद्यालय प्रशासन र परिक्षा हलका निरिक्षकको चरम लापरवाहीले गर्दा परिक्षार्थीका मोवाइल प्रहरीको नियन्त्रमा पुगेको स्रोतको भनाई छ । सरस्वती माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र वहादुर जिसीसँग वुझ्दा आफुलाई यस विषयमा कुनै जानकारी नभएको जवाफ दिए । सहायक प्रधानाध्यापक जिसीले भने, ‘कति वटा मोवाईल हुन् । त्यो थाहा भएन । डिएसपीसाप आएर विद्यार्थीवाट आफै मोवाईल थुतेर लिएर जानु भएको हो । त्यो उहाँलाई नै सोध्नुस् ।’
यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले आफुले कसैको मोवाईल नखोसेको तर शिक्षकहरुले नै आफै परिक्षार्थीको मोवाईल खोसेर आफुलाई वुझाएको वताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले परिक्षा आचारसंहिताको उल्लंघन गर्ने विद्यार्थीलाई चेतावनी दिन सकिने र पटक-पटक परिक्षा आचारसंहिता उल्लंघन गरे रेष्टिकेट गर्ने तथा केहि वर्षका लागि परिक्षा दिनै नपाउने गरी कारवाही गर्ने प्रावधान हुँदाहुँदै परिक्षार्थीको मोवाईल नै प्रहरीले नियन्त्रणमा लिनु समस्याको समाधान नभएको वताए ।
परिक्षार्थिहरु परिक्षा हलमा प्रवेश गर्नु पुर्ब गेटमा चेकजाँच गर्नुको साटो परिक्षा दिइरहेका परिक्षार्थिहरुलाई प्रहरीको सहायतामा मोबाइल नियन्त्रणमा लिनु विद्यालय प्रशासन र प्रहरीको चरम लापरवाही भएको स्थानीय वुद्धिजीवीको भनाई छ ।