दैलेखको त्रिभूवन माविमा स्थानीय व्यापारीले लगाए ताला

टाेपेन्द्र कुमार थापा । ३१ भाद्र दैलेख
नारायण नगरपालिका १ मा रहेको त्रिभुवन माध्यामीक विद्यालयमा स्थानीय व्यापारीहरुले तालावन्दी गरेका छन् । उनीहरुले प्रक्रीया अनुसार विद्यालयले खोलेको भाडा सम्बन्धी टेन्डर आफुहरुलाई परेको र कानुनी प्रक्रिया अनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत कुनै सुनुवाई नभएको भन्दै विद्यायल प्रशासनमा तालावन्दी गरेका हुन् ।
कानुनी सहयोगका लागि स्थानीय प्रशासन, प्रहरी र स्थानीय सरकारलाई बारम्बार गुहार्दा समेत समस्याको समाधान नभएपछि वाध्य भएर विद्यालय प्रशासनमा ताला लगाउनु परेको व्यापारी निशान कुमार थापाले बताए । उनले भने, ‘सम्झौता अनुसार आफुहरुले व्यापारिक भवनको ६ महिनादेखि भाडा तिर्दै आएको भएपनि भोगचलन गर्न पाएका छैनौँ ।’
व्यापारी थापाले स्थानीय प्रशासन र स्थानीय सरकारलाई समस्या समाधानका लागि बारम्बार आग्रह गरे पनि सुनुवाई नभएको गुनासो गरे । व्यापारीहरुले एक विज्ञप्ती जारी गर्दै विद्यालयको पठनपाठनमा कुनै समस्या नपर्ने गरी प्रधानाध्यापक र विद्यालय प्रशासनमा तालाबन्दी गरेको जानकारी दिए ।
स्थानीय तीन जना व्यापारीहरुले शुक्रबार संयुक्तरुपमा जारी गरिएको विज्ञप्तीमा विज्ञप्तीमा भनिएको छ, ‘त्रिभूवन माध्यामिक विद्यालयमा २०७८ फागुन १८ गते प्रकाशित भएको सुचना अनुसार हामी ब्यापारीहरु खुशी फेन्सी एण्ड अर्डर सप्लायर्स, न्यू भूपेन्द्र स्टोर्स एण्ड अर्डर सप्लायर्स, लक्ष्मी इन्टरप्राइजेजका नाममा मिति २०७८ चैत्र ६ मा टेण्डर परी सम्झौता भएको र जिल्ला प्रशासन कार्यालय नारायण नगरपालिका १ नम्बर वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालय दैलेखका साथै सम्पूणर् कानुनी निकायसँगको सल्लाह र कानुनी सहयोग माग्दा पनि कानुनी सहयोग नभएको हुँदा हामी ब्यापारीहरुले संयूक्त रुपमा विद्यालयमा ताला लगाउने निणर्य गरेका हौँ ।’
यता, विद्यायलका प्रधानाध्यापक निरक बहादुर तारामीले विद्यालयले टेन्डर आह्वान गरेर उहाँहरुलाई टेन्डर परेको र सम्झौता समेत भैसकेको छ । तर पहिले नै त्यस ठाउँमा वसेका व्यपारीहरुले छोड्न पनि नमानेको र भाडा पनि नवुझाएको वताए ।
पहिले वसेका व्यापारीलाई नहटाएर नयाँ सम्झौता किन गर्नुभएको भन्ने हाम्रो प्रश्न प्रधानाध्यापक नाजवाफ भए । उनले विद्यालय प्रशासनमा लगाएको ताला फुटाउने चेतावनी समेत व्यापारीहरुलाई दिएका छन् । विद्यालय प्रशासनमा ताला लगाउन पुगेका व्यापारीहरुलाई आईतवार ताला फुटाईदिने चेतावनी दिएका हुन् ।
टेन्डर आह्वान गरी सम्झौता समेत गरेर आफुहरुवाट विद्यालय प्रशासनले विगत ६ महिनादेखी भाडा असुली रहेको पिडित व्यापारीहरुले गुनासो गरे । त्रिभुवन माध्यामिक विद्यालयले विद्यार्थीको पठनपाठन भन्दा पनि व्यापारीक भवनवाट भाडा असुल तर्फमात्र ध्यान दिएको स्थानीयहरुले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *