रेडियो मातृभूमी एफ.एम. दैलेखको आज उद्घाटन हुँदै

मातृभूमी संवाददाता । ०३ असोज दैलेख
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखको उद्घाटन् हुने भएको छ । दैलेखका जिल्ला न्यायधीस माननीय बलराम लम्सालवाट रेडियोको आज उद्घाटन हुँदैछ । जिल्ला समन्वय समिति दैलेखको सभा हलमा आयोजना हुने विशेष समारोहकावीच आज दिउँसो जिल्ला न्यायधीस लम्सालबाट रेडियोको उद्घाटन हुने कार्यक्रम रहेको छ । वि.सं. २०७९ साउन १५ गतेदेखी दैलेख सदरमुकामवाट संचालन भैरहेको रेडियोको आज दिउँसो विधिवत् रुपमा उद्घाटन गर्न लागिएको हो ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले वि.सं. २०७९ साउन १५ गते रेडियोको स्थापना भएको हो । कर्णाली, लुम्विनी र सुदुरपश्चिम प्रदेशका विभिन्न १८ जिल्ला सहित अनलाईनमा www.mccnepal.com.np मार्फत संसारभर रेडियो मातृभूमीलाई सुन्न सकिन्छ ।
रेडियो मातृभूमीले हरेक दिन बिहान ४ः५० देखि विहान ११ः०० बजेसम्म र दिउँसो २ः५० देखी राति ११ः०० वजेसम्म नेपाली भाषामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचार, सूचनामुलक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।
रेडियो मातृभूमीले छोटो समयमा देशका प्रतिष्ठित संचार माध्याम रेडियो नेपाल, उज्यालो रेडियो नेटवर्क, एन्टेना फाउण्डेशन नेपाल, इक्वेल एक्सेस नेपाल लगाएतका आमसञ्चार माध्यमसँग सहकार्य गरिरहेको छ ।
मातृभूमी संचार केन्द्र नेपालले दैलेख सदरमुकामवाट मातृभूमी डिजिटल पत्रिका (www.mccnepal.com.np), मातृभूमी दर्पण साप्ताहिक पत्रिका र रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज संचाल गरी आम नागरिकलाई सूचना, समाचार, ज्ञान विज्ञानका साथै मनोरन्जन समेत प्रदान गर्दै आईरहेको छ ।
नेपाल जस्तो विकासोन्मुख देश त्यसमाथि पनि कर्णाली जस्तो पछौटेपन, गरिवी, अशिक्षा, कुरीति, कुसंस्कार, अनियमितता लगाएतका विविध विषयका विरुद्धमा छापा माध्याम र डिजिटल छापा माध्यामवाट आवाज उठाउँदै गर्दा कर्णालीका दुरदराजका वस्ती पत्रिका र डिजिटल पत्रिकाको पहुँच नपुेगेका क्षेत्रका नागरिकलाई सुसूचित पार्ने उद्देश्यले रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखको स्थापना गरिएको रेडियोका प्रवन्ध निर्देशक भिम सिजापतिले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *