दैलेखका दुइटै निर्वाचन क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

मातृभूमी राजनितिक व्युरो । २३ असोज दैलेख
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जना उम्मेदवारहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ९ र क्षेत्र नं. २ मा ५ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नंं. १ को प्रदेश ‘क’ र प्रदेश ‘ख’मा पाँच-पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नंं. २ को प्रदेश ‘क’ र प्रदेश ‘ख’मा सात-सात जनाको उम्मेदवारी परेको छ ।
दैलेख क्षेत्र नं. १ मा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष रबीन्द्रराज शर्मा, सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका कणर्ाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेमकिपाका प्रकाश गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस (विपी)का भुपाल वहादुर थापा, स्वतन्त्र निरख वहादुर थापा, गणेश वहादुर शाही र गोपाल नेपालीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिट व्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नंं. १ को प्रदेश ‘क’मा नेमकिपाका जगत ओली, नेपाली कांग्रेसका पूणर्बहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी प्रदेश ‘ख’मा नेमकिपाका लक्ष्मी कुमारी सिंह, नेपाली कांग्रेसका कृष्णकुमार बीसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ दुल्लुका अनुसार प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठवन्धनका शाही, नेकपा एमालेका पोखरेल सहित नेमकिपाका केशेन्द्र प्रकाश कार्की, राष्ट्रीय प्रजातन्त्र पार्टीका लोकेन्द्र राज गिरि र राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रदेश ‘क’मा सत्तारुढ गठवन्धनवाट नेपाली काँग्रेसका घनश्याम भण्डारी, नेकपा एमालेका तिलक प्रसाद रिजाल, नेमकिपाका मदन कुमार भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका यज्ञ बहादुर थापा, हाम्रो नेपाली पार्टीका प्रेम बहादुर भण्डारी र स्वतन्त्र चक्रलाल सुनार र पुरुशोत्तम रिजालले उम्मेदवारी दर्ता गरेको जनाईएको छ ।
त्यस्तै क्षेत्र नं. २ प्रदेश ‘ख’मा नेकपा एमालेका बिनोद कुमार शाह, नेमकिपाका जय बहादुर थापा, नेकपा माओवादी केन्द्रका योगेन्द्र बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्र राजेस कुमार शाहीले उम्मेदवारी दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *