प्रतिनिधीसभामा प्रत्यक्षतर्फ एक्लि महिला उम्मेदवार

टाेपेन्द्र कुमार थापा । २६ असोज दैलेख
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दैलेखका राजनितिक दलहरूले प्रत्यक्षतर्फको टिकट वितरणमा महिलालाई उपेक्षा गरेका छन् । दलहरूले महिला नेतृहरुलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएका छैनन् ।
राजनीतिक दलहरूमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको हिस्सा नगन्य छ । सत्तारुढ गठबन्धन र नेकपा (एमाले) ले कर्णाली प्रदेशसभाका प्रत्यक्षतर्फका ४ मध्ये एक सीटमा पनि महिलालाई टिकट दिएका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दैलेख प्रतिनीधि निर्वाचन क्षेत्र नं. १ मा कुन्ती कुमारी शाहीको मात्र उम्मेदवारी परेको छ । राप्रपा महामन्त्री समेत रहेकी शाही दैलेखमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छिन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश (ख) मा लक्ष्मी कुमारी सिंहले उम्मेदवारी दिएकी छन् । नेमकिपाकी सिंहले गठवन्धनका साझा उम्मेदवार कृष्ण कुमार वि.सी., नेकपा एमालेका प्रेम वहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रण वहादुर सिंह र स्वतन्त्र उम्मेदवार टेक वहादुरसँग प्रतिष्पर्धा गर्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *