चामुण्डाका पहिरो प्रभावित परिवारहरुलाई राहत बितरण

मातृभूमी संवाददाता । ०३ कात्तिक दैलेख
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले यस बर्षको वर्षातबाट प्रभावित परिवारहरुलाई सहयोग प्रदान गरेको छ । नगरपालिकाले यस बर्षको मनसुनको अवधिमा प्रभावित भएका परिवारलाई सहयोग प्रदान गरेको नगरप्रमुख एवं नगर विपद् ब्यबस्थापन समिति संयोजक गणेश कुमार शाहीले वताए ।
आफ्नो क्षेत्र भित्र प्राकृतिक र गैर प्राकृतिक विपद् तथा जलबायु परिबर्तनका कारण उत्पन्न विपद्वाट प्रभावित नागरिकलाई छिटो र व्यबस्थीत रुपमा सहयोग र जोखिम न्युनिकरण गर्न नगरपालिकाले कोष स्थापना गरेको र उक्त कोष परिचालन गरि नागरिकलाई सहयोग उपलब्ध गराइरहेको नगर उपप्रमुख मनसरा शर्माले बताईन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा एभरेस्ट क्लब दैलेखद्वारा संचालित किरण परियोजनाको ६ लाख र नगरपालिकाको १० लाख रकमवाट कोष स्थापना गरिएको नगरपालिकाका लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर रावतले वताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका संगको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा एभरेस्ट क्लब दैलेखद्वारा संचालित किरण परियोजनाले विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि कोषमा सहयोग गरेको परियोजनाका विपद् जोखिम न्युनिकरण संयोजक हेमन्तराज ओझाले बताए ।
यस बर्षको मनसुनको बेला परेको अविरल वर्षाका कारण पहिरो तथा जमिन भासीएर पालिकाका विभिन्न समुदायका ७० भन्दा बढी घर पूणर् र १५० भन्दा बढी घरमा आंशिक क्षति भएको थियो । १ जनाको मृत्यू भएको थियो भने ४० घर बिस्थापित र १०० भन्दा बढी घरधुरीहरू उच्च जोखिममा रहेको विपद् ब्यबस्थापन शाखा प्रमुख मिना अधिकारीले जानकारी दिईन् । ५० रोपनी जमिनमा लगाएको अन्न बालीमा समेत क्षति पुगेको अधिकारीले बताईन् ।
नगरपालिकाले मृतकको परिवारलाई ३० हजार, घर पूणर्रुपमा क्षति भएको प्रति परिवारलाई १० हजार र आंशिक क्षति भएको परिवारलाई ५ हजार रुपैंयाका दरले सहयोग उपलव्ध गराईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *