दैलेखकाे विशालामा पाठ्यघर खस्ने समस्य पहिचान शिविर संचालन

ध्रुवविक्रम थापा । ०५ कार्तिक दैलेख

दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नं. ३ र ४ मा पाठ्यघर खस्ने समस्या पहिचान सम्वन्धी शिविर संचालन गरिएको छ । ठाँटिकाँध गाउँपालिका वडा नं. ४ को आधारभुत स्वास्थ्य केन्द्रमा संचालन गरिएको शिविरमा ३३ जना महिलाले सेवा लिएका छन् । सेवा लिएका महिलाहरु मध्य २ जना महिलाको पाठ्यघरमा रिङ पेसरी राखिएको थियो । यसैगरी ठाँटिकाँध गाउँपालिका वडा नं. ३ को सामुदायिक स्वास्थ्य इकाई वहाँकोटमा भएको शिविरमा ५० भन्दा वढी महिलाले सेवा लिएको अनमी भगवती मल्लले वताईन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना तथा ठाँटिकाँध गाउँपालिकाको समन्वय र एइआइएन लक्जेम्वर्गको सहयोगमा प पाठ्यघर खस्ने समस्या पहिचान शिविर संचालन गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले जानकारी दिए । कार्यकारी निर्देशक थापाका अनुसार शिविरवाट पाठ्यघर खसेका महिलाको पहिचान गरी सामान्य उपचार र रिङ पेसरी राख्ने तथा शल्यक्रिया गर्नुपर्ने महिलाहरुलाई सम्वन्धीत ठाउँमा रेफर गरिने छ ।
पाठ्यघर खस्ने समस्या ठाँटिकाँध गाउँपालिका वडा नं. ३ र ४ मा विकराल रहेको कार्यकारी निर्देशक थापाले वताए । उनले भने, ‘साविकको विशालामा पाठ्यघर खस्ने समस्या विकराल छ । अहिले सोसेकले जनचेतना जगाउने काम गरिरहेको छ । यति मात्र हैन यहाँ त आँखा सम्वन्धी पनि समस्य निकै विकराल रहेछ । यो शिविरमा पनि आँखाको समस्या ल्याएर थुप्रै स्थानीय आउनु भएको छ । हामी विभिन्न निकायसँग समन्वय गरेर आँखा शिविर संचालन गर्ने की भनेर सल्लाह गर्दैछौँ । सकभर रेडक्रससँग समन्वय गरेर आँखा शिविर पनि संचालन गर्छौँ होला ।’

यी कारणले हुन्छ पाठ्घर खस्ने समस्या

  • पाठेघर खस्नुको मुख्य कारण पाठेघरलाई जोडेर राख्ने तन्तुहरू कमजोर हुनु हो । आङ खस्ने विभिन्न कारण हुन्छन् । कम उमेरमा विवाह गर्नु, जन्मान्तर नराखी धेरै बच्चा जन्माउनु, बल प्रयोग गरेर साल निकाल्नु, सुत्केरी अवस्थामा भारी काम गर्नु, धूम्रपान गरेर पटक–पटक खोक्नु र कुपोषणका कारण पाठेघर खस्ने समस्या हुन्छ ।
  • नेपालका ग्रामीण भेगतिर पाठेघर खस्नुलाई समस्याका रूपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण अवस्था मान्ने गरिएको छ । जसले गर्दा समस्या झनै बल्झिने गरेको छ । यो शारीरिक मात्र नभई महिलाभित्र लुकेको मानसिक र सामाजिक समस्या पनि हो ।

लक्षण

  • पाठेघर खसेका महिलामा विभिन्न समस्या देखापर्छन् । सुरु–सुरुमा योनीमा केही निस्केर बसेको जस्तो महसुस हुन्छ । बिस्तारै पिसाब फेर्न गाह्रो हुने, खोकी लाग्दा, हिँड्दा, पेटमा बल पर्दा पिसाब चुहिने तथा ढाड दुख्नेजस्ता लक्षण देखिन्छन् ।
  • त्यस्तै, योनीबाट सेतो पानी बग्ने, बसेर काम गर्न असहज हुनेजस्ता लक्षण पाठेघर खस्नुअघिका लक्षण हुन् ।

उपचार

  • आङ खसेका महिलाको उपचार बिरामीको अवस्था हेरेर विभिन्न तरिकाबाट गर्न सकिन्छ । जसमा व्यायाम, रिङ पेसरी र शल्यक्रिया मुख्य हुन् । यदि पाठेघर अलिकति मात्र तल खसेको छ, अर्थात् चिकित्सकीय भाषामा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर पनि उपचार गराउन सकिन्छ ।
  • गुप्तांगमा रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काएर राख्ने विधिलाई रिङ पेसरी भनिन्छ । यो प्रयोग गरेको प्रत्येक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।
  • महिलाको पाठेघर गुप्तांगबाट बाहिरै निस्केको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा फर्काउन सकिन्छ भने कतिपयमा अवस्था हेरेर पाठेघर निकालेरसमेत उपचार गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *