दैलेखमा फेरी पनि पुरानै अनुहार चुनावी मैदानमा
ध्रुवविक्रम थापा । ०७ कात्तिक दैलेख
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका रबिन्द्रराज शर्मा र सत्तारुढ दलवाट नेकपा (एकीकृत समाजवादी) का अम्मर बहादुर थापा चुनावी मैदानमा छन् । एमालेका शर्मा २०७४ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने गठवन्धनका थापा नेकपा एमालेवाट २०६४ मा पराजित तथा २०७० मा निर्वाचित भएका थिए । यस्तै २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा एमालेवाट दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) मा विजयी भएका थिए ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभामा पनि पुरानै अनुहार दोहोरिएका छन् । नेकपा एमालेवाट लक्ष्मीप्रसाद पोखरेल र सत्तारुढ दलवाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाही चुनावी मैदानमा छन् । एमालेका पोखरेल २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए भने गठवन्धनका शाही २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ (ख) मा पराजित भएका थिए ।
यसैगरी दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा एमालेका धर्मराज रेग्मी र सत्तारुढ गठवन्धनका पुणर् बहादुर खत्री मैदानमा छन् । एमालेका रेग्मी २०७४ मा भएको प्रदेश सभामा नेकपा माओवादीवाट विजयी भएका थिए । उनका प्रतिष्पर्धी गठवन्धनका कांग्रेस दैलेखका पुर्व जिल्ला कोषाध्यक्ष पुणर् बहादुर खत्री नयाँ हुन् । कांग्रेसका उम्मेदवार खत्री पहिलो पटक संसदीय निर्वाचन लड्दै छन् ।
निर्वाचन क्षेत्र नं. १ को (ख)मा सत्तारुढ दलवाट नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति कृष्ण कुमार विसी र एमालेका प्रेम वहादुर थापा चुनावी मैदानमा छन् । विसी २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ (क) मा पराजित भएका थिए । एमालेका थापा निवर्तमान जिल्ला समन्वय समिति दैलेखको प्रमुख हुन् ।
दैलेख निर्वाचन क्षेत्र नं. २ को (क) मा नेकपा एमालेका तिलक प्रसाद रिजाल र सत्तारुढ दलवाट नेपाली काँग्रेसका घनश्याम भण्डारी चुनावी मैदानमा छन् । रिजाल २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा दुल्लु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । सत्तारुढ दलवाट उम्मेदवार वनेका नेपाली कांग्रेसका भण्डारी दुल्लु नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
निर्वाचन क्षेत्र नं. २ को (ख) प्रदेशमा नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह र सत्तारुढ दलवाट नेकपा माओवादी केन्द्रका योगेन्द्र शाही चुनावी मैदानमा उत्रिएका छन् । एमालेका शाह जनताबाट अनुमोदित भईसकेका नेता हुन् । शाह २०५१ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीवाट प्रतिनिधि सभामा विजयी भई पुर्व जलस्रोत सहायक राज्यमन्त्री समेत भईसकेका छन् । सत्तारुढ दलका योगेन्द्र शाही नयाँ हुन् । उनी यसअघि कणर्ाली प्रदेश योजना आयोगको सदस्य भए पनि अहिले सम्म जनता बाट अनुमोदित भने भएका छैनन् ।
एमालेका उम्मेदवार शाहलाई आफु र आफ्ना आफन्तलाई मात्र पद वाँड्ने गरेको आरोप कार्यकर्ताले लगाउने गरेका छन् । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा शाहकी श्रीमती लक्ष्मीदेवी शाह जिल्ला समन्वय समिति दैलेखको उपप्रमुख वनेकी थिईन् । लक्ष्मीदेवी २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षवहादुर शाहीसँग पराजित भएकी थिईन् ।