दैलेखमा साँझ ८ बजेपछि देउसीभैलो खेल्न नपाईने

ध्रुवविक्रम थापा । ०७ कात्तिक दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले साँझ ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने सक्ने भएकाले साँझ ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाईएको हो ।
तिहार पर्वको अबसरमा खेलिने देउसी भैलो खेल्नका लागि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म मात्रै खेल्न पाईने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले वताए । नेपाली संस्कृति अनुसार देउसी भैलो खेल्न समेत प्रमुख जिल्ला अधिकारी हमालले आग्रह गरे ।
कानून विपरितका गतिविधिहरु जूवातास, अवैध मदिरा सेवन, झै-झगडा, विस्फोटक/प्रज्वलनशील पदार्थहरुको बिक्री वितरण तथा प्रयोग लगाएत हुन सक्ने, जसका कारण गतिविधिले मानव स्वास्थ्य, पर्यावरण र सामाजिक सु-सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै यस्ता क्रियाकलाप नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *