भेरी नदीमा डुबेर जाजरकोटका एक युवकको मृत्यु

मातृभूमी संवाददाता । ०९ कात्तिक जाजरकोट
जाजरकोट स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा भेरी नगरपालिका ४ का २० वर्षका रोशन खड्का रहेको प्रहरीले जनाएको छ । यस्तै भेरी गाउँपालिका ३ थाप्लेका २६ वर्षका विक्रान्त केसी बेपत्ता भएका छन् ।
नदिमा डुवेका रोशन र वीरेन्द्र शाहीलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका हुन् । उनको खोजि कार्य भईरहेको प्रहरीेले जनाएको छ । तिहारको अवसरमा सदरमुकाम खलङ्गामा हालै भएको फुटबल प्रतियोगितामा खसी पुरस्कार जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारमा पिकनिकको आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *