कालीकोटमा विस्फोट २ जनाको मृत्यु, ३ घाइते

मातृभूमी संवाददाता । १२ कात्तिक कालिकोट
कालीकोटमा शनिबार बिहान वम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । कालिकोटको तिलागुफा नगरपालिका १० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्य चौकीमा र ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘बम नयाँ हो वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटना स्थलमा स-साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको छ ।’
मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । बालबालिका जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको शर्माले बताए । घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाईते भएका बालबालिकालाई प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *