दैलेखका महिला म्यादी र महिला प्रहरीलाई सेनेटरी प्याड

वसन्त वहादुर थापा मगर । २२ कात्तिक दैलेख
कार्यस्थलमा महिनावारी हुँदा सरसफाई सजिलोको लागि जिल्ला प्रहरी कार्यालय दैलेखले महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड बितरण गरेको छ । गएको स्थानीय निर्वाचनमा असजिलो भोगेको भन्ने गुनासोको आधारमा यस पटक सेनेटरी प्याडको व्यवस्था गरिएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद साहले बताए ।
दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरी समेत गरी तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इञ्चार्ज असई सुशीला भूसालले जानकारी दिईन् । अघिल्लो निर्वाचनमा महिला म्यादी प्रहरीहरुले फिल्डमा गएको बेला महिनावारी भएकाहरुले कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेक महिलालाई तीन प्याकेटका दरले वितरण गरिएको असई भूसालले वताईन् ।
कार्यस्थलमा खटिएको महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको सानो काम सहयोग भावनात्मक हिसावले ठूलो सहयोग हो महिला सशक्तिकरण मञ्च दैलेखका पूर्व अध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिईन् । निर्वाचनको कामले विकट गाउँमा पुगेको बेला महिनावारी हुँदा यी प्याड उपयोगी हुने र यसले महिला म्यादी प्रहरीलाई दत्त चित्तका साथ काममा खट्न मनोसामाजिक सहयोग पुग्ने पूर्व अध्यक्ष चन्दको भनाई छ ।
महिला म्यादी प्रहरीहरुलाई कार्यस्थलमा खटिएको बेला सजिलोको लागि दैलेख प्रहरीले दिइएको सेनेटरी प्याड नेपालमै यो पहिलो हो । दैलेख प्रहरीले उच्चतम् मानवीयता देखाएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *