डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, ५ जना घाइते

मातृभूमी संवाददाता । २३ कात्तिक डोटी
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको हो । भुकम्पमा परी अरु ५ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीय भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा, १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई ६.६ रेक्टर स्केलको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएको केआई सिंह गाउँपालिकाका स्थानीय रामचन्द्र पालले वताए ।
पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको हो । घाइते ५ जनाको उपचारका लागि अस्पताल लगिएको डोटीका डीएसपी भोला भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *