दैलेखमा १ हजार ६ सय वढी कर्मचारी निर्वाचनमा खटिने

वसन्त वहादुर थापा मगर । २६ कात्तिक दैलेख
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दैलेखमा १ हजार ६ सय ५५ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभर रहेका २ सय ७ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी १ हजार ६ सय ५५ कर्मचारी निर्वाचनमा खटिने छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ सय ३ मतदान केन्द्र र निर्वाचन क्षेत्र नं. २ मा १ सय ४ मतदान केन्द्र रहेको छन् । उक्त मतदान केन्द्रमा जाने कर्मचारीहरु सबै टुंगो लागि सकेको सूचना अधिकारी न्यौपानेले बताए ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक अनुशिक्षण गर्ने बताइन् । दुई वटा निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई छुट्टाछुट्टै अनुशक्षिण गर्ने निर्वाचन अधिकारी काउचाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *