दैलेखमा मदिराजन्य पदार्थ विक्री वितरण र सेवनमा रोक
अस्मित सिजापति । २६ कात्तिक दैलेख
दैलेख जिल्लाभर मदिरा जन्य पदार्थ विक्रि वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधीसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै दैलेख जिल्लाभर मदिरा जन्य पदार्थ विक्रि वितरण र सेवनमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षता र जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, उम्मेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज समेतको उपस्थितिमा बसेको बैठकले निर्वाचन अवधिभर मदिरा जन्य पदार्थ विक्रि वितरण र सेवनमा रोक लगाउने निणर्य गरेको हो ।
बैठकले कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा जन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने निणर्य भएको हो ।
यस्तै मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर जस्ता विस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीहरुको ओसार-पसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निणर्य भएको जिल्ला प्रशासन कार्यलय दैलेखले जानकारी दिएको छ ।