गठवन्धनका उम्मेदवारलाई जिताए, मन्त्री वनाउँछौँ : प्रचण्ड

मातृभूमी राजनितिक व्युरो । २९ कात्तिक (दुल्लु) दैलेख
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित दैलेखको दुल्लुमा भएको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै उनले यो निर्वाचन अग्रगमन चाहने शक्ति र प्रतिगमनकारीवीचको लडाँई भएको वताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कणर्ालीको विकासमा गठबन्धन सरकारले उल्लेख्य काम गर्ने वताए । उनले अहिले मुलुकमा दुई गठबन्धन रहेको बताउँदै कणर्ालीको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह समेत गरे ।
प्रचण्डले गठवन्धनका उम्मेदवारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा विजयी गराएर पठाएमा उनीहरुलाई मन्त्री वनाएर पठाउने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *