दैलेखमा उम्मेदवारलाई प्रचारप्रसारको दबाब बढ्दै

अस्मित सिजापति। ०१ मंसिर दैलेख
देशभरका अन्य स्थानजस्तै दैलेखमा पनि उम्मेदवारलाई प्रचारप्रसारको दबाब बढिरहेको छ । उम्मेदवार तथा दलले मङ्सिर १ गते मध्यरातीबाट प्रचारप्रसार गर्न पाउने छैनन् । त्यसकारण पनि उनीहरू जतिसक्दो धेरै मतदाताको घरदैलोमा पुग्ने दबाबमा छन् ।
मतदाताको घरदैलोमा पुगेका धेरैजसो उम्मेदवारसँग निर्वाचन क्षेत्र विकासको खास योजना छैन । उनीहरू सडक, पुल, बिजुली, खानेपानी लगायतका विषयलाई एजेन्डा बनाएर गोलमटोलमा मत मागिरहेका छन् । तर मतदाता उम्मेदवारका त्यस्ता प्रतिवद्धता पूरा हुनेमा विश्वस्त नरहेको वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *