इन्सेकले गर्‍यो मतदान पूर्वको अवस्थाको अध्ययन

मातृभूमी संवाददाता । ०१ मंसिर दैलेख
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले निर्वाचनमा सबै मतदाताले सहजै मतदान गर्ने वातावरण वनाउन गाउँपालिका जुटेको बताएका छन् । मतदान पूर्वको अवस्था अध्ययनका लागि बेस्तडा पुगेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीसँग कुरा गर्दै थापाले गाउँपालिकाले मतदातालाई मतदान गर्न सहज होस् भन्नका लागि काम गरिरहेको वताए ।
भगवतीमाई गाउँपालिका वडा नंं. ३ को सानतडा पुगियाँ मतदान केन्द्र पुग्ने सडक भर्खरै मर्मत गरिएको र वडा नं. ६ लक्ष्मी मावि बागडाँडा मतदान केन्द्रमा अन्यत्रबाट फर्निचर व्यवस्थापन गरिएको अध्यक्ष थापाले बताए । ७ वटा वडा रहेको भगवतीमाई गाउँपालिकामा ११ हजार तीन सय ९१ मतदाताले मतदान गर्न १२ मतदान स्थालमा १५ मतदान केन्द्र रहेका छन् ।
अध्ययन टोलीको जिज्ञासामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले निर्वाचन आयोगको परिपत्र अनुसार ७ वटै वडामा एक-एक जना महिला स्वास्थ्य स्वयमसेविकाहरु खटाई सबै ज्येष्ठ नागरिक र महिलाहरु आफ्नो मत आफै हाल्न सक्ने बनाउन स्पष्ट निर्देशनका साथ खटाइएको बताए ।
जिल्ला स्तरबाट आँखै देख्ने अशक्त बाहेक सबैले आफ्नो मत आफै हाल्न सक्ने बनाउन निर्देशन भएअनुसार कार्यपालिकाको बैठकबाट मतदाता शिक्षामा खटाइएकाहरुलाई १२ हजारका दरले पारिश्रमिक दिने निणर्य गरी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन राष्ट्रिय अभियान भएकोले सबैको सहयोग आवश्यक रहेको बताए । उनले भगतवीमाई गाउँपालिकाको तत्परताको निम्ति धन्यवाद दिए ।
मतदान पूर्वको अवस्था अध्ययनको क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले राउटे समुदायको मतदान प्रतिको चासो विषयमा राउटे समुदाय बसिरहेको स्थान नारायण नगरपालिका ८ सिमाडामा समेत पुगेको थियो ।
यसैबीच मतदान पूर्वको अवस्था अध्ययनको क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले दैलेखका ११ वटा स्थानीय तहमा नियुक्त निर्वाचन पर्यवेक्षकहरुसँग जिल्लामा आचारसहिंता पालनाको अवस्था, हरेक मतदाताले निर्भय पूर्वक मतदान गर्ने वातारण लगायतको अवस्था र पर्यवेक्षकहरुको तटस्थता विषयमा छलफल भएको थियो ।
अध्ययन टोलीमा इन्सेकका कणर्ाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेक कणर्ाली प्रदेशका इएलपी फोकल पर्सन दुर्गा थापा, दैलेखमा किशोरी आत्मरक्षा अभियन्ताद्वय सुनिता सुनार, प्रतिमा थापा र इन्सेकका दैलेख प्रतिनिधि अमर सुनारको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *