दैलेखका ६३ कैदीबन्दीले मतदान गर्न पाउने

तुल्सी कटुवाल । ०३ मंसिर दैलेख
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दैलेख कारागारका ६३ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । फौजदारी कसुरको अभियोग लाग्नुभन्दा अघि मतदाता नामावली भरेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
दैलेख कारागारमा कैद भुक्तान गरिरहेका ६३ जनाले जिल्ला कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रवाट मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमायाँ काउचाले बताईन् । उनका अनुसार मतदाता नामावलीमा नाम भरेका कैदीबन्दी मतदान गर्नबाट वञ्चित हुने छैनन् ।
कारागार भित्रैबाट पनि मतदान गर्न पाउने भए पछि कैदीबन्दी उत्साही भएका छन् । कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको कारागारका कर्मचारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *